logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र वेष्टइण्डिज ए बीच अन्तिम खेल हुँदै


अंकुरण खबर
1.898K
Shares

नेपालले वेष्टइण्डिज ए सँग आज अन्तिम खेल खेल्दैछ ।

अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयूमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ ।

आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।

नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ । नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन् । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ ।

यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहितबाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ ।

उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।

नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रमछ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ । विश्वकप २ जुनदेखि सुरु हुनेछ ।

पालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।