logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कीर्तिपुरमा बस दुर्घटना


अंकुरण खबर
1.807K
Shares

काठमाडौंको कीर्तिपुरमा आइतबार यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।

आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।