logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला


अंकुरण खबर
1.599K
Shares

विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ ।
नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।

विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।