सन्दीप लामिछानेले बलात्कारको मुद्दामा उच्च अदालतबाट सफाइ पाएसंगै उनी भरखरै अदालत परिसरबाट बाहिरिएका छन् । त्यसक्रममा उनलाई हजारौं समर्थकहरुले वधाइ दिइरहेका छन् ।
अदालतबाट बाहिरिँदै गर्दा सन्दीपले पनि लगाइरहेको मास्क खोलेर आफ्ना प्रशंसकहरुलाई अभिभावद तथा धन्यवाद ज्ञापन गरेका छन् । यतिबेला सन्दीप टी२० विश्वकप २०२४ मा सहभागिताका लागि क्यानले गर्ने निर्णयको पर्खाइमा छन् ।