logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सन्दीपले विश्वकप खेल्न पाउने, पाए अनुमति


अंकुरण खबर
2.522K
Shares

नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका चर्चित क्रिकेटर सन्दीप लामिछानेले आगामि टी–२० विश्वकप क्रिकेट खेल्न पाउने भएका छन्।

सन्दीपलाई नेपाल क्रिकेट संघ९क्यान०ले विश्वकप खेल्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई गरेको अनुरोध आईसीसीले स्विकारेको छ। आईसीसीले सन्दीप लाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अनुमति दिएको हो।

नेपालले यसअगाडि विश्वकप क्रिकेट खेल्नका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली पठाइसकेको छ।

बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै उनलाई विश्वकप खेल्ने बाटो खुलेको हो।