logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानध्यापकको पहलमा फ्रान्सेली संस्थाद्वारा विद्यार्थीलाई पोसाक वितरण


अंकुरण खबर
3.497K
Shares

फ्रान्सेली संस्था र तुलसी तुलुज सहयोग समाज धनुषाको अगुवाईमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नं-२ रामेछापमा अवस्थित श्री पन्चकन्या आधारभुत विध्यालयमा प्रधानध्यापक शंकर बाहादुर बस्नेतको पहलमा फ्रान्सेली संस्था र तुलसी तुलुज सहयोग समाज धनुषाको अगुवाईमा कक्षा नर्सरी देखि पाँच सम्मको सम्पूर्ण विद्यार्थीलाई अबिभावकको उपस्थितिमा विद्यालय पोशाक वितरण गरिएको छ । बिधालयमा विद्यार्थी छात्रवृत्तिको विशेष कार्यक्रमको अवसर पारेर पोशाक वितरण सम्पन्न गरिएको हो।

प्रधानध्यापकले विद्यार्थीको हौसलाको लागि अन्य दात्री निकाय बाट सहयोग लिएर गरिब,पिछडिएका,अनाथ र जेहेन्दार विधामा छात्रवृत्ति वितरण गर्दै आएका छन्। दुरदराजका विकट स्थानमा रहेका र आर्थिक स्थिति कम्जोर भएका विद्यार्थीलाई केही सौलियत प्रदान गर्नका लागि यस्तो कार्यक्रम संन्चालन गर्दै आएको प्रधानध्यापक शंकर बाहादुर बस्नेत बताउँछन।