logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको मौसम


अंकुरण खबर
1.547K
Shares

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।