प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । सहकारीसम्बन्धी संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आज पनि कांग्रेसले अवरोध गर्ने सम्भावना रहेको छ ।
विपक्षीहरूको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल चलाएर आजै नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ ।