logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा आज रातिसम्म वर्षाको सम्भावना


अंकुरण खबर
1.222K
Shares

काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ ।

आज साँझदेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिए ।

आज अपरान्ह र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए ।आज काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।