logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्यांकर व्यवसायीको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द


अंकुरण खबर
1.235K
Shares

काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ। हिजो साँझबाटै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको हो। सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि बिहानैदेखि ग्राहकको लामो लाइन छ।

उपत्यकाका अधिकांश जसो पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ। पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन।

ट्यांकर चालक÷सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन्।

जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए। हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन्।