logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जीत निकाल्दै दोस्रो चरणमा जाने लक्ष्यमा पोर्चुगल


अंकुरण खबर
2.444K
Shares

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा आज राति ३ खेल हुँदैछन् ।

साँझ ६ः४५ बजे शुरू हुने पहिलो खेलमा जर्जिया र चेक गणतन्त्र भिड्दैछन् । पहिलो खेलमा पराजय भोगेकाले दुवै टोली आज जित्नैपर्ने दबाबमा छन् । यस्तै राति ९ः४५ बजे शुरू हुने खेलमा टर्की र पोर्चुगल आमने–सामने हुँदैछन् । दुवै टोली आज जीत निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा हुनेछन् ।

समूह ‘एफ’अन्तर्गत पहिलो खेलमा टर्कीले नवप्रवेशी जर्जियालाई हराएको थियो भने पोर्चुगलले चेक गणतन्त्रमाथि जीत निकालेको थियो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो खेलमा चेक गणतन्त्रमाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो । आज पनि जीतकै नतिजा आए उ अन्तिम १६ मा पुग्नेछ भने यस्तै मध्यराति १२ः४५ बजे बेल्जियम र रोमानिया आमने–सामने हुँदैछन् । पहिलो खेलमा स्लोभाकियासँग पराजित भएकाले राम्रो नतिजा निकाल्नुपर्ने दबाबमा बेल्जियम छ ।

समूह ‘ई’मा बेल्जियमबाहेक रोमानिया, युक्रेन र स्लोभाकिया सबैले ३–३ अंक जोडेका छन् । फिफा वरीयताको तेस्रो स्थानमा रहेको बेल्जियम भने अंकविहीन छ । अन्तिम १६ मा जाने आशा कायमै राख्न उसले आजको खेल जित्नैपर्ने छ ।