logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

करण परियार बने नेपाल आइडल सिजन-५ को विजेता


अंकुरण खबर
1.742K
Shares

गायन रियालिटी शो “नेपाल आइडल” सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन। उनले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेका छन। पोखराकी सलोमी गुरुङ फर्स्ट रनर अप र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए। उनिहरुले क्रमशः नगद १० लाख र ५ लाख सहित विभिन्न उपहार जितेका छन।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो। एपिवान टेलिभिजनको स्टुडिओमा भएको फिनालेलाई टेलीभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ गरिएको थियो।