logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रधानमन्त्री ओली अभिनित चलचित्र “नमेटिने घाउ’’को स्वरांकनमा सांसद ज्ञानेन्द्र शाही


अंकुरण खबर
2.886K
Shares

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’को यति बेला कमलपोखरी स्थित भोईस आर्ट एकेडेमि स्टुडियोमा स्वरांकन कार्य भैरहेको छ ।

चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांकन कार्य सम्पन्न भएको छ । सांसद शाहीले नेपाली फिल्म क्षेत्रको प्रगती उन्नतीका लागि जहिले पनि आफु कलाकारको साथमा रहेको उल्लेख गरेका छन्। चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा उहाले पनि स्वरांकन दिने निर्देशक रमित ढुंगानाले जानकारी दिए। छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।

चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ। फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ। लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन्।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको समेत अभिनय रहेको छ।
‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि भूमिका देखिने भएको छ। चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।