logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ११ सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.755K
Shares

नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।