logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो : इजरायल


अंकुरण खबर
2.34K
Shares

इजरायली सेनाले गाजा पट्टीमा छ जना बन्धकहरूको शव फेला पारेको जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै सोमबार खान युनिसबाट यागेव बुष्टाब, अलेक्ज्याण्डर डान्सिग, अव्राहम मन्डर, योराम मेट्जगर, हाइम पेरी र बेलायती-इजरायली नादाभ पोपलवेलको शव फेला पारेको जानकारी दिएको हो ।

इजरायलले यसअघि नै पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो । अव्राहम मन्डर जीवित रहेको विश्वास गरिएको भए पनि उनको समेत शव फेला परेको हो ।

उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा अपहरण गरी बन्धन बनाएको थियो । गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

बन्धक बनाइएका परिवारका सदस्यहरूको एक फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ ।