स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५२ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८ सय ५० निर्धारण भएको छ ।