logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको पदाधिकारीमा को को आए ?


अंकुरण खबर
1.69K
Shares

एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको मतदानको गणना सम्पन्न भएको छ ।

अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन् ।यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा। गंगालाल तुलाधर, जग्गनाथ खतिवडा , भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

यसैगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेर बहादुर कुंवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् ।वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।