logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)


अंकुरण खबर
2.808K
Shares

यो वर्ष इन्द्रजात्राका कार्यक्रमहरु सञ्चालन हुन थालिसकेका छन् ।

हनुमानढोका अगाडि काल भैरवसँगै गाडिने यसिं (इन्द्र ध्वज) ल्याएर भोटाहिटीमा राखिएको छ । यसिं लिन मानन्धर समुदायका अगुवाहरु भदौ २० गते बिहान १० बजेर ४७ मिनेटको साइतमा हनुमानढोकाबाट गुर्जुको पल्टनसहित वन प्रस्थान गरेका थिए ।
त्यही दिन साँझ विधिवत पूजा गरेर ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कटान गरिएको थियो । भदौ २१ गते गुठियारहरुले बिहानैदेखि यसिं (लिङ्गो)तान्न थालेका थिए । त्यसै दिन यसिं भोटाहिटीमा ल्याइएको थियो ।

अब यही भदौ २६ गते बुधवारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइने छ । भदौ ३० गते आइतवार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलवार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ । यस दिन राष्ट्र प्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ ।

असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।

इन्द्रजात्राका अवसरमा लाखे आजु, आकाश भैरव, हलचोक भैरव (सव भकु), पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित नाटक प्रदर्शन हुनेछन् ।