logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

शुरु भयो नागार्जुनमा क्लोथ बैंक, आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा दिन आग्रह


अंकुरण खबर
1.807K
Shares

नागार्जुन नगरपालिकामा क्लोथ बैंक सञ्चालनमा आएको छ ।

एक औपचारिक कार्यक्रम गरी नार्गाजुन नगरपलिकाको प्राङगढमा कपडा बैकको शुभारम्भ गरिएको हो । आफ्नो घर, टोल र समाजलाई सफा राखौं कोही कपडा बिहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै कक्लोथ एण्ड फूड बैंक नेपालको सहकार्यमा महानायक राजेश हमालको प्रमुख आथित्यतामा कार्यक्रम शुभारम्भ गरिएको हो । नागार्जुन नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता पनि भएको छ ।

नेपाली चलचित्रका महानायक राजेश हमाल संरक्षक रहेको यस संस्थाले चाँडनै सातै प्रदेशमा संकलन केन्द्र समेत खोलिने जनाएको छ । देशको अर्थतन्त्र र मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गरी परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित संस्थाले प्रयोगमा नआएका जुनसुकै कपडालाई प्रसोधन गरि आबश्यक निकायलाई निशुल्क बाढ्दै आइरहेको छ । देशका नागरिकहरुले भोग्नु पर्ने गरिबी, अभावका कारण बिभिन्न सामाजिक द्धन्द र आत्महत्याको शिकार समेत भै रहेको अबस्थामा अभावमा रहेका नागरिकको जीवनयापनमा सहजीकारण गरी देशलाई बिकास र निकासको बाटोमा सघाउनु नै एक सच्चा नागरिकको दायित्व रहेको संस्थाका अध्यक्ष कमल जि।सी ले बताए । साथै उनले नगरपालिकाको क्लोथ बैंकमा संकलनका लागि राखिएको बक्समा संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिएका छन्। उनले नागार्जुन नगरपालीका भरी जम्मा चार वटा कपडा बैंक जसमध्य नगरपालिकाको भवनमा, २ न वडा कार्यालयमा, ७ न वडा कार्यालय र १० न वडा कार्यालयमा राखिने जनाएका छन्।

बुटुवलदेखि शुरु भएको यस किसिमको कार्यक्रम काठमाण्डौको नागार्जुन सम्म आईपुग्दा संस्थाले आगामी केही दिनमा नै काठमाण्डौंका बिभिन्न नगरपालिका सँग सहकार्य गरिने जानकारी दिएका छन् । उच्च प्रबिधि द्वारा रिसाइकल र प्याकेजिङ गरि प्रयोगमा ल्याइने कपडा उच्च स्तरिय हुनुका साथै सुलभ समेत हुने संस्थाका संरक्षक तथा महानायक राजेश हामालले बताए । साथै उनले आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह गरे । साथसाथै कार्यक्रममा बोल्दै उप प्रमुख शुशिला अधिकारीले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्नुका साथ साथै देशैभरि सहयोग हुने यस किसिमको कार्यक्रमलाई सबैले साथ दिन समेत अनुरोध गरिन ।

क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन भने आवश्यक पर्नेहरुले निशुल्क लिन पनि सक्नेछन् । यो अभियान बिस्तारै देशै भरी सञ्चालनमा ल्याउने आयोजकले जानकारी दिएका छन् ।