logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फलामको गेटले थिचेर बालकको मृत्यु


अंकुरण खबर
1.534K
Shares

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-६ का सवनम मस्कराका २ वर्षीय छोरा शिवयमको फलामको गेटले थिचेर मृत्यु भएको छ ।

आमा श्रेया अग्रवालसँग अर्जुन धारा-६ स्थित मामा ऋषि अग्रवालको घरमा पाहुना गएका बेला खेल्ने क्रममा भत्किएको गेटले बिहीबार राति ८ बजे थिच्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बी एन्ड सी अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शुक्रबार बिहान साढे ६ वजे मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।