logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी


अंकुरण खबर
1.404K
Shares

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा घरमा रहेका सदस्य बिरामी भएका हुन् । च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ । बिरामी हुनेहरुमा धनमायासहित बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।