logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उपत्यकाकाबाट साढे दुई सय भन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
1.755K
Shares

काठमाडौं उपत्यकाकाबाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ ।

होली पर्वको अवसरमा उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरुमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट दुई पांग्रे १८२ र चार पांग्रे १३ गरी १९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका मध्ये दुई पांग्रे २३० र चार पांग्रे २३ छन् । जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको छ ।