logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेता


अंकुरण खबर
793
Shares

तीनकुनेको आन्दोलन तितरबितर भएपछि राजावादी आन्दोलनका नेताहरू भागेका छन् ।

कार्यक्रम स्थलबाट दुर्गा प्रसाईँ, नवराज सुवेदी र धवल शमशेर, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र गाडी चढेर भागेका हुन् ।राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको छ । प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गरेका छन् । यस्तै विभिन्न सञ्चार ग्राम र घरहरूमा आक्रमण गरेका छन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीलाई सडकमा उतारेर नेताहरू भने त्यहाँबाट भागेको हुन् ।