सर्मिला थापा
सुर्तीजन्य पदार्थ सेवनका कारण प्रत्येक वर्ष विश्वमा धेरै मानिसको ज्यान गएको छ । विकसित राष्ट्रको तुलनामा नेपाल जस्तो विकाशोन्मुख र अल्पविकशित राष्ट्रमा यसको प्रयोग र प्रभाव अझ बढी देखिन्छ । विभिन्न तथ्याङ हेर्ने हो भने पनि सूर्तीजन्य पदार्थ सेवनकै कारण अल्पआयुमै ज्यान गुमाउनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । बढ्दो क्रममा रहेको यसको प्रयोग रोक्न नेपाल सरकारले विभिन्न पहल गरिरहेको छ । यसै अन्र्तगत एक हो, प्लेन प्याकेज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो नीति(प्लेन प्याकेज)अगामी छ महिना भित्र लागू गर्ने योजना बनाएको छ, जसले गर्दा सूत्रिजन्य पदार्थ उत्पादनहरूको प्याकेजिङ्गमा आकर्षक डिजाइन, रङ्ग र लोगो हटाइनेछ।
मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । त्यसको कार्यान्वयन भने १ भदौ २०८२ देखि हुने भनिएको छ । नयाँ निर्देशिकामा चुरोट, खैनी, बिँडी र गुट्खाको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत्प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रङ्गीन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । मुखको क्यान्सर अङ्कित चित्र, हृदयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ ।
सुर्तीजन्य पदार्थको सेवनकर्ताले बट्टामा घिनलाग्दो रङ्गीन चित्र देखेपछि सेवन नगरून् भनेर नै सरकारले शत्प्रतिशत घातक रङ्गीन चित्रको व्यवस्था गरेको हो । यसअघि चुरोट, बिँडी, खैनीलगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्ने गरिन्थ्यो ।
सुर्तीजन्य पदार्थको प्याकेटको शत्प्रतिशत भागमा चित्र तथा सन्देश छाप्ने निर्देशिका पारित गरेर विश्वमै सबैभन्दा बढी भागमा सुर्तीजन्य पदार्थविरुद्धको सन्देश छाप्ने राष्ट्रको पहिचान बनाएको नेपाल अब चाँडै नै ‘प्लेन प्याकेजिङ’मा जाने तयारी गरेको छ । प्लेन प्याकेजिङमा जाँदा सुर्तीजन्य कम्पनीले ‘ब्रान्डिङ’ गर्न नपाउने र प्याकेजको ‘लेभल’ पनि एकै हुने छ ।
के हो प्लेन प्याकेज ?
प्लेन प्याकेज भनेको सुर्तीजन्य पदार्थ उत्पादनहरूको प्याकेजिङ्गलाई सादा र एकरङ्गी बनाउने नीति हो। यसमा प्याकेजमा कुनै पनि आकर्षक डिजाइन, ब्रान्डको रङ्ग वा विज्ञापन हुनेछैन,उत्पादनको नाम सानो रूपमा मात्र लेखिनेछ,८०% भागमा स्वास्थ्य चेतावनी (तस्वीरसहित) हुनेछ,प्याकेजको रङ्ग धूवाँ वा खैरो जस्तो निर्धारित रङ्गको हुनेछ।
यो नीति किन लागू गर्ने?
स्वास्थ्य मन्त्रालयका अनुसार, प्लेन प्याकेज नीतिले:
युवाहरूलाई सूत्रिजन्य पदार्थ तर्फ आकर्षित हुनबाट रोक्ने ।
धूम्रपानबाट हुने रोगहरू (क्यान्सर, हृदयघात, फोक्सोको रोग) घटाउने ।
सुर्तीजन्य पदार्थ उद्योगको मार्केटिङ्ग र प्रभाव कम गर्ने ।
अन्तर्राष्ट्रिय स्वास्थ्य सम्झौता (WHO FCTC) को पालना गर्ने ।
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अहिलेसम्म गरिएको प्रयास
नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, २०६८ अनुसार सार्वजनिक स्थानमा धूम्रपानमा प्रतिबन्ध।
सुर्तीजन्य पदार्थ विज्ञापन र प्रायोजनमा रोक । प्याकेजमा ७५५ ठाउँमा स्वास्थ्य सचेतता कार्यक्रम लागु ।
प्लेन प्याकेजमाबारे उद्योग तथा व्यापारीहरूको प्रतिक्रिया
सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरूले यस नीतिको विरोध गर्दै आएका छन्। उनीहरूले आफ्नो व्यावसायमा धक्का पर्ने डरले सरकारको यो नीतिको विरोध गरेको सरोकारवालाको बुझाई छ ।
व्यावसायीहरुले यसले कालोबजारी बढाउनेछ। साना व्यापारीहरूलाई नोक्सानी हुने भन्दै उनीहरुले बिरोध गर्दै आएका छन ।
यद्यपी सरोकारवाला स्वास्थ्य विशेषज्ञहरूले भने यसले दीर्घकालमा स्वास्थ्यमा ठुलो समस्या आउने छन् । जसले गर्दा आर्थिक र स्वास्थ्य क्षेत्रमा ठुलो असर पर्ने बताउदै आएका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि भावि योजना
प्लेन प्याकेज नियमावली बनाउने
सुर्तीजन्य पदार्थ उद्योगलाई अनुगमन गर्ने
जनचेतना अभियान चलाउने ।
निष्कर्ष
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपाल प्लेन प्याकेज एक प्रभावकारी नीति हो। यसले दीर्घकालमा स्वास्थ्य सुधार, सामाजिक जागरूकता र आर्थिक फाइदा दिन्छ। यसलाई सफल बनाउन सरकार, नागरिक समाज, अन्तर्राष्ट्रिय संस्था र जनताको सहयोग आवश्यक छ। सुर्तीजन्य पदार्थ मुक्त नेपालको लक्ष्य प्राप्त गर्न यो एक ठूलो कदम हो। यसमा सरोकारवाला सबैको साथ आवश्यक छ ।