logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने


अंकुरण खबर
1.729K
Shares

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ।

शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ। प्राधिकरणले बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत् पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राखिने जानकारी दिएको छ।

त्यसकारण फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ।