logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढे्यो, कतिमा भैरहेको छ कारोबार ?


अंकुरण खबर
2.054K
Shares

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।