logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार,जुलाइ ९ सम्मको समय आवश्यक : प्रमुख उरुस्ला


अंकुरण खबर
2.197K
Shares

युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएकी छन्।

युनियनकी प्रमुख लेयनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रोसँग कुरा भएको भन्दै यो बताएकी हुन्। उनले व्यापार वार्ताका लागि ९ जुलाइसम्मको समय आवश्यक भएको बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पले वार्ता नभए युरोपेली युनियनका हरेक सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएपछि उरुस्लाको यो आवाज आएको हो। गत महिना ट्रम्पले युरोपेली युनियनमा उत्पादन हुने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए। यसमा पछि हटेर उनले ८ जुलाइसम्मका लागि १० प्रतिशत करको घोषणा गरेका हुन्। केही दिन अघि मात्र उनले फेरि ५० प्रतिशत करको विषयमा कुरा गरेका हुन्।

युरोपेली युनियन अमेरिकाको सबै भन्दा ठुलो व्यापारिक साझेदार हुनुका बाबजुद अहिलेसम्म अमेरिकालाई बेफाइदा हुने गरी सहमति भएको गुनासो ट्रम्पले बारम्बार गरेका थिए। गत वर्ष युरोपेली युनियनले अमेरिकामा ६०० अर्ब अमेरिकी डलर बराबरको सामान पठाएको थियो। यसैगरी अमेरिकाबाट ३७० अर्ब अमेरिकी डलर बराबरको सामान युरोप पुगेको थियो।