logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वपश्चिम राजमार्ग अवरूद्ध,डाइभर्सन माथिबाट पानी बग्यो


अंकुरण खबर
2.756K
Shares

पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।

वर्षाका कारण नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका १ विनयी खोलामा पानीको वहाब बढेर डाइभर्सन माथिबाट बगेका कारण सवारी साधन अवरूद्ध भएको हो । विनयी खोलाको पुल गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त भाँचिएको थियो। पुल भाँचिएयता डाइभर्सन बनाएर सवारी साधन आवतजावत हुँदै आएको छ।

गएरातिको वर्षाका कारण बढेको खोला डाइभर्सनमाथिबाट बगेपछि सडक अवरूद्ध भएको हो।

पानीको वहाब घटेपछि डाइभर्सन निरीक्षण हुने डिएसपी मधु नेपालले बताए।

डिएसपी नेपालले पश्चिम नवलपरासीको खुर्सानी खोलामा पनि सडक अवरूद्ध भएको जानकारी दिए।

त्यहाँको खहरे खोला बढेर सडक कटान गर्दा बाटो अवरूद्ध भएको उनले बताए ।

पश्चिमतर्फ जाने यात्रुहरूलाई कालीगण्डकी कोरिडोर प्रयोग गर्न र अन्य वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौं डिएसपी नेपालले भने।