logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडक बगाउँदा धरान–धनकुटा राजमार्ग अवरुद्ध


अंकुरण खबर
2.366K
Shares

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ ।रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।