logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानमाथि अमेरिकी आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्ने ट्रम्पको तयारी


अंकुरण खबर
1.573K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्।

उनले वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका छन्। सम्बोधनमा उनले इरानमाथिको आक्रमणसँगै अमेरिकी रणनीतिका विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ। ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य स्थिति कस्तो बन्नेछ भन्ने सङ्केत दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएको छ।

यसअघि ट्रम्पले अमेरिकाले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका थिए । उनले आक्रमणमा प्रयोग भएका सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।

यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वको लागि ऐतिहासिक क्षण हो, उनले ट्रथ सोसलमा पोस्ट गरेका छन् । उनले थपे, इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ।