logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

इरानलाई ट्रम्पको चेतावनी : कि वार्तामा आऊ, नत्र ठुलो हमलाका लागि तयार होऊ


अंकुरण खबर
2.457K
Shares

अमेरिकाले इरानको आणविक केन्द्रहरूमा सैन्य हमला गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन् ।

सो क्रममा उनले इरानलाई कडा चेतावनी दिँदै वार्ताको टेबलमा आउन वा थप विनाशकारी हमलाको सामना गर्न तयार रहन भनेका छन् । यदि उनीहरूले त्यसो गरेनन् भने,  ‘भविष्यका हमलाहरू अझ शक्तिशाली हुनेछन्’। ट्रम्पले इरानलाई दुईवटा मात्र विकल्प रहेको स्पष्ट पारेका छन्। कि त शान्ति हुनेछ, कि त इरानका लागि पछिल्लो समय हामीले देखेको भन्दा धेरै ठुलो त्रासदी हुनेछ, उनले थपे।

अमेरिकाले यस क्षेत्रमा ठुलो संख्यामा सैन्य शक्ति र सम्पत्ति परिचालन गरेको छ। ट्रम्पले संकेत गरेअनुसार, अमेरिका कुनै पनि बेला अत्यन्तै तीव्र गतिमा अर्को कदम चाल्न पूर्ण रूपमा तयार छ। हमला हुनुअघि सार्वजनिक रूपमा वार्ताको ढोका खुला राखेका ट्रम्पले अहिले पनि वार्ताको बाटो त खुला राखेका छन्, तर वार्ताको लागि तयार नदेखिएका इरानी नेतृत्वमाथि थप अमेरिकी हमलाको खतरा मडारिएको छ। वासिङ्टन डीसी