logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

इरानको मशहदबाट २९० भारतीय र एक जना श्रीलङ्काली नागरिक भारतले गर्यो उद्धार


अंकुरण खबर
2.067K
Shares

इरानको मशहदबाट २९० जना भारतीय र एक जना श्रीलङ्काली नागरिकलाई भारतले उद्धार गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई सोमबार साँझ नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गराइएको छ । तर सो टोलीमा नेपाली छैनन् ।

इरान तथा इजरायलबाट नेपालीलाई पनि उद्धार गरिदिन नेपालले भारतीय सरकारलाई आग्रह गरिएको थियो । उद्धार गर्न भारत तयार थियो । उसले नम्बरसहित नोटिस पनि जारी गरेको थियो । तर यो समूहमा नेपाली छैनन् ।

इरानमा पछिल्लो समय बढ्दो तनाव र सुरक्षाको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै भारत सरकारले आफ्ना नागरिकहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिँदै आएको छ। यस उद्धारसँगै अहिलेसम्म इरानबाट कुल दुई हजार तीन जना भारतीय नागरिकहरू सुरक्षित रूपमा भारत फर्किइसकेका छन्।

भारतीय विदेश मन्त्रालयले उक्त उद्धार प्रयासमा सहयोग पुर्‍याउने सबै निकायलाई धन्यवाद दिएको छ र विदेशमा रहेका अन्य नागरिकहरूको अवस्थामाथि पनि निगरानी गरिरहेको जनाएको छ।