logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भक्तपुर फिस टनेल एक्स्पो ३० हजारले गरे अवलोकन


अंकुरण खबर
2.327K
Shares

भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिईने आयोजकले जानकारी दिएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो साउन १० गतेसम्म हुनेछ ।
स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले भने ।
१८ दिन देखि जारी एक्स्पोमा करिब ३० हजार भन्दा बढि मानिसहरूले अवलोकन गरि सकेका छन् ।एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेल रहेको अध्यक्ष महतले जानकारी दिए । फिस टिनेल एक्सपोमा स्कुलले विद्यालयहरुलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिइने व्यवस्था पनि आयोजकले गरेको छ । यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो ।
एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरुका साथै फुड स्टल समेत रहेका छन् ।