logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो फिस टनेल एक्स्पोः बेवारिसे सडक जनावर संरक्षणकोलागी नगद सहयोग


अंकुरण खबर
2.327K
Shares

सकियो फिस टनेल एक्स्पोः बेवारिसे सडक जनावरको संरक्षणकोलागी नगद सहयोग

औद्योगिक शान्ति नेपाल संस्थाले बेवारिसे सडक जनावर संरक्षणको लागि नगद सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार सारा जनावर उद्दार केन्द्र नेपाललाई नगद रु नैहजार सहयोग गरिएको हो । “बेवारिसे जनावरलाई खाना खुवाउन हामी फिस टनेल आयोजकको तर्फबाट सहयोग गरेका हौं,” अध्यक्ष महतले भन्नुभयो ।

त्यसैगरी फिस टनेल आयोज भएको स्थल भक्तपुरको राधेराधे टोलको बिकासकोलागी समेत संस्थाले ५१ हजार नगद सहयोग गरेको अध्यक्ष महतले बताउनु भयो ।

गएको असार ६ गतेदेखि सुरु भएको फिस टनेल एक्स्पोमा करिब ५५ हजार दर्शकले अवलोकन गरेका छन् ।