logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कुलमान र खगेन्द्रको पार्टी चुनावमा एउटै चिह्न प्रयोग गर्ने


अंकुरण खबर
2.054K
Shares

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनावमा लड्ने भएका छन्।

छलफलका क्रममा दुई दलबीच ‘बिजुलीको चिम’ चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको बताइएको छ ।उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा चल्दै आएको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा स्थापित भएको हो। समान राजनीतिक उद्देश्य र चुनावी तालमेललाई सहज बनाउन दुवै दलले साझा चिह्नको प्रयोगलाई प्रभावकारी विकल्प भनेको छ । बुधबार काठमाडौंमा सम्पन्न बैठकपछि दुवै दलले सहमतिपत्र तयार पारेका छन्।

सहमति र साझा चुनाव चिह्नबारे आवश्यक प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा निवेदन बुझाउने तयारी भइरहेको छ ।