logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यातायात कार्यालयबाट तीन बिचौलिया पक्राउ


अंकुरण खबर
468
Shares

यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट प्रहरीले तीन जना बिचौलियालाई निणन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ निवासी २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टुकुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यातायात कार्यालयमा आउने सेवाग्राहीसँग अनावश्यक झन्झट सिर्जना गर्दै आर्थिक लाभ लिन खोजिएको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले कार्यालय परिसर आसपास सेवाग्राहीलाई प्रभावित पार्ने गतिविधि भइरहेको सूचनापछि निगरानी बढाइएको थियो । सोही क्रममा तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिएका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बमले बताए ।