logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
533
Shares

स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
अघिल्लो कारोबारको तुलनामा सुनको भाउ उल्लेख्य रूपमा बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि सुन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य आज २ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। चाँदी प्रतितोला १४० रुपैयाँले बढ्दै ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।