प्रधानमन्त्री वालेन्द्र साह शुक्रबारको संसद बैठकमा सहभागी भएका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएपछि शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री साह सहभागी भएका हुन् ।यसअघिका बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका थिए ।
बैठकमा सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।