logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि


अंकुरण खबर
520
Shares

सरकारले निजामती कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नयाँ तलबमान लागू भएपछि मासिक रूपमा करिब १० प्रतिशत वृद्धि हुने व्यवस्था गरिएको जानकारी दिएका हुन्।

बजेट अनुसार महँगी भत्ता ५ हजार रुपैयाँ कायम गरिएको छ। सरकारले मूल्यवृद्धि र जीवनयापन खर्चलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्था कार्यान्वयनसँगै कर्मचारीहरूको पारिश्रमिक संरचनामा समग्रमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।

सरकारले यो निर्णयलाई सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल वृद्धि र आर्थिक राहतका रूपमा प्रस्तुत गरेको छ।