logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापति लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने


अंकुरण खबर
325
Shares

रास्वपाका सभापति रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने तय भएको छ।

भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ २१ गते नेपालीहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रम ३ बजे लाजपतमा सुरु हुने जनाइएको छ ।

सभापति लामिछाने १८ गते भारत जाँदै छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय भेट गर्नेछन्।