logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

इरानमा आक्रमण गर्ने अमेरिकाको धम्की


अंकुरण खबर
481
Shares

अमेरिकाले इरानलाई फेरि आक्रमण गर्ने धम्की दिएको छ।

शनिबार सिंगापुरमा आयोजित शिखर सम्मेलनमा बोल्दै अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले ‘इरानसँग जारी वार्ता असफल भएमा फेरि हमला सुरु गरिने सम्भावना रहेको’ बताएका हुन्। अमेरिका र इरानबिच प्रस्तावित सम्झौतामा मतभेद समाधान गर्ने प्रयास गरिरहेका बेला अमेरिकी रक्षामन्त्रीले उक्त चेतावनी दिएका हुन्। प्रस्तावित सम्झौतापत्रले अप्रिलको सुरुमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा इरानसँग सम्झौताका विषयमा अन्तिम निर्णय लिइने बताएका थिए। तर दुई घण्टाको बैठकपछि प्रस्ताव स्थगन गरे। इरानले अझै सम्झौताका लागि समयसीमा घोषणा गरिसकेको छैन।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीलाई अमेरिकाप्रति विश्वास छैन। जबसम्म अमेरिकाले कदम उठाउँदैन, तबसम्म इरानले पनि कुनै कदम चाल्दैन। हामी यसका लागि हतारमा छैनौँ।’