logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा हराइरहेका वृद्धको भेटिने वितिक्कै मृत्यु


अंकुरण खबर
416
Shares

झापामा घरबाट हराइरहेका एक वृद्धको मृत्यु भएको छ ।

बिर्तामोडमा सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका इलाम फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिमको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थेगिम जेठ १५ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । परिवारजनले खोजतलास गरिरहेका बेला शनिबार राति करिब ८ः४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडकछेउमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । उनको चिउँडोमा सामान्य चोटपटक लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले थेगिमको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा राति करिब साढे ९ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ । प्रहरीका अनुसार मृतकले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।