प्रतिपक्षी साँसदहरुले प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालविरुद्ध अशिष्ट ढंगले प्रस्तुत हुँदै संसदमा उग्रता प्रस्तुत गरेपछि सत्तापक्षीय दल रास्वपाकी साँसद आशिका तामाङ आक्रोसित भएकी छन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएको भन्दै विपक्षी दलका केही सांसदहरुले संसदमा भाँडभैलो सुरु गरेका थिए । उनीहरुले प्रधानमन्त्रीको सम्बोधन नियमावलीविरुद्ध भएको भन्दै नियमापत्ति जनाएका थिए । लामो समयसम्म संसद अवरोध भएपछि सोही क्रममा आशिका तामाङ आक्रोशित भएकी थिइन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए । केहीबेर उनी बैठक कक्षबाट बाहिरिएर फर्किएकी थिइन् ।