logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु


अंकुरण खबर
390
Shares

नवलपरासी (पूर्व) मा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा आफ्नै छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार गैँडाकोट–१५, चिन्तामणि टोल निवासी ६३ वर्षीय डम्बर गिरीले शनिबार राति ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको खुर्पासहित डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको डीएसपी पण्डितले जानकारी दिए।