गौरादह र दमक को सिमानामा पर्ने रतुवा पुलमुनि बोरा भित्र प्याक गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त शव दमक–८ बसन्तटोल निवासी २१ वर्षीया रमा तिवारीको रहेको पुष्टि भएको हो। शवको पहिचान उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले गरेका हुन्। प्रहरीका अनुसार रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफैं बाहिर निस्किएको देखिएको थियो। त्यसपछि उनी घर नफर्किएको परिवारले जनाएको छ। केही दिनपछि रतुवा पुलमुनि बोरा भित्र शव फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
शव फेला परेको अवस्था र घटनाको प्रकृतिलाई ध्यानमा राख्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।