logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश


अंकुरण खबर
520
Shares

पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोप सहितको मुद्दामा विशेष अदालतका अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले महरासँग एक लाख धरौटी मागेको हो ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ चैत २६ मा पूर्वसभामुख महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।