logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीतल निवासबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ


अंकुरण खबर
364
Shares

राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनपछि गत भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हात्तीको दाह्रासहित पाँच जना पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हात्तीको दाह्रासहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको मनमैजु बस्ने राजीव महर्जन, गोरखाका टेकप्रसाद गुरुङ, वसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन् । अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार विक्री वितरण तथा सञ्चय गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२१ बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।