बाजुरामा एक युवकको हत्या गरिएको छ ।
बुढीनन्दा नगरपालिका–६, कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। आपसी विवादका क्रममा १९ वर्षीय टेकेन्द्र रावतले ढुंगा प्रहार गरी निर रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन्। उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो।
प्रहरीका अनुसार मृतक र आरोपी नातेदार हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।