logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो


अंकुरण खबर
221
Shares

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारीं) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ ।

एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौँ ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्। दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ (शुक्रबार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएको थियो ।