logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले गठन गरेको छानबिन आयोगलाई हामी सम्पत्ति विवरण बुझाउँछौँः गगन थापा


अंकुरण खबर
429
Shares

नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका छन्।

ग्रीन टेबल विशेष शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिनको प्रक्रियामा सबै राजनीतिक दल र नेतृत्व सहभागी हुनुपर्ने बताए।

नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता सशक्त संवैधानिक निकायको व्यवस्था गरेको बताए। सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिको छानबिनको विषय हरेक राजनीतिक बहसको केन्द्रमा रहने गरेको बताए। कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भन्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताए।

उनले भने, ‘केही राजनीतिक दलका शीर्ष नेताहरूले हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ। त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर, नेपाली पार्टीको तर्फबाट म पनि र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ।’

उनले सरकारले आयोगको गठन र सञ्चालन प्रक्रियामाथि भविष्यमा स्वच्छता, निष्पक्षता र पारदर्शितासम्बन्धी प्रश्न नउठ्ने गरी आवश्यक सावधानी अपनाउनुपर्ने र सम्पत्ति छानबिनलाई विश्वसनीय बनाउन सरकारमा रहेका व्यक्तिहरू स्वयं पनि छानबिनको दायरामा आउनुपर्ने बताए।